Home cricket KPL/DAY 3/MATCH NO 1

KPL/DAY 3/MATCH NO 1

रुस्लान कर्णाली प्रिमियर लिग अन्तर्गत छैठौ खेलमा मध्य-पश्चिम क्रिकेट क्लबले रोयल राइजिंग क्लबलाई ८ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ ।
टस हारेर ब्याटिंगको निम्तो पाएको रोयल राइजिंग क्रिकेट क्लबले १८.५ ओभरमा सम्पूर्ण विकेट गुमाई ८७ रन मात्रै बनाउन सक्यो।

मध्य-पश्चिम क्रिकेट क्लबका बलर दिपेन्द्र रावत एक्लैले ४ विकेट हात पार्न ४ ओभरमा १५ रन खर्चिए भने सुनिल सुनारले ३ विकेट तथा भिम धमलाले २ विकेट आफ्नो नाम गरे। रोयलको लागि ओपनिंग ब्याटिंग गरेका प्रकाश जैसीले सर्वाधिक ३० रन योगदान दिए भने खुसिराम बिकले १६ तथा दिवान पुनले १३ रन बनाए।

८८ रनको लक्ष्य मध्य-पश्चिमले ९ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो। जितमा ओपनर मनोज सुनारले अविजित अर्धशतक बनाउने क्रममा ५३ रनको स्कोर बनाउन मात्र २४ बलमा ५ छक्का र ४ चौका प्रहार गरे। यस्तै कप्तान शुबेन्दु पाण्डे र राजबिर सिंहले समान १४ रन बनाए।
खेलको म्यान अफ द म्याच दिपेन्द्र रावत चुनिए।