Home cricket सुर्खेतमा कर्णाली प्रिमियर क्रिकेट हुने

सुर्खेतमा कर्णाली प्रिमियर क्रिकेट हुने

सुर्खेतमा पहिलो पटक कर्णाली प्रिमियर लिग(केपिएल) टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ। बन्धुविकास सहकारी संस्था लिमिटेड सुर्खेतको आयोजनामा हुन लागेको प्रतियोगिता आगामी वैशाख ४ देखि १५ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।

राष्ट्रिस्तरको प्रतियोगितामा सात वटै प्रदेशका प्रदेशस्तरीय टिमका साथै तीन वटा विभागिय टिमले सहभागिता जनाउने छन ।

धनगढीमा आयोजना हुने डिपिएल लगत्तै कर्णाली प्रिमियर लिग आयोजना गर्न लागिएको हो। प्रतियोगिताको विजेताले नगद तीन लाख रुपैयाँ र दोस्रो हुनेले एक लाख ५० हजारसहित ट्रफि पाउने जनाइएको छ।

त्यसैगरी म्यान अफ दी सिरिज हुनेले २५ हजार, उत्कृष्ट ब्याटस्म्यान र उत्कृष्ट बलरले नगद १०÷१० हजार रुपैयाँ पाउनेछन ।