Home cricket सान कप यू-१६ टी-२० क्रिकेटमा सैनिक स्कुलको विजयी सुरुआत

सान कप यू-१६ टी-२० क्रिकेटमा सैनिक स्कुलको विजयी सुरुआत

सैनिक आवाशीय महाविद्यालय र सानले कागेश्वरी मनोहरा यु–१६ टी–२० सान कप क्रिकेट प्रतियोगितामा सोमबार जित हात पारेको छ ।

राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) द्वारा आयोजित प्रतियोगितामा सैनिकले वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमीलाई १७ रनले पराजित ग¥यो ।

टस हारेर ब्याटिङको निम्तो पाएको सैनिकले निर्धारित २० ओभरमा ५ विकेट क्षतिमा १ सय २४ बनाएको थियो । ‘म्यान अफ द म्याच’ निश्चल तामाङले २४ र कृष कार्कीले २४ रन बनाए । बलिङतर्फ ग्रेट हिमालयका अशोक पौडेलले २ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रेको ग्रेट हिमालयले २० ओभरमा ८ विवेट गुमाउदै १ सय ७ रन जोड्यो । अभिषेक थापाले ३६ तथा सिचम खनालले ३१ रन जोडे ।
आयोजक सान ‘रातो’ ले नेपाल क्रिकेट स्कुललाई ३ रनले हरायो । टस जितेर ब्याटिङ रोजेको सानले निर्धारित २० ओभरमा ८ विकेट नोक्सानीमा १ सय २३ रनको योगफल खडा ग¥यो । दिवाकर कुँवरले ३२ बलमा अर्धशतक पूरा गर्ने क्रममा ५१ रन बनाए । दिवाकर ‘म्यान अफ म्याच’ चुनिए ।

जवाफमा नेपाल क्रिकेट स्कुलले पूरै २० ओभर खेल्दै ६ विकेट क्षतिमा १ सय २० रन बनायो । सम्भव श्रेष्ठले ५८ रन जोडे ।