Home cricket श्रीलंकाबिरुद्द वेस्टईन्डिजको सम्हालिएको प्रदर्शन ।

श्रीलंकाबिरुद्द वेस्टईन्डिजको सम्हालिएको प्रदर्शन ।

श्रीलंका र वेस्टईन्डिज बिचको तीन खेलको टेस्ट सिरिज अन्तर्गत को तेस्रो खेलमा वेस्टईन्डिजले सम्हालिएको प्रदर्शन गरिरहेको छ ।

टस जितेर ब्याटिङ गरेको वेस्टईन्डिजले पहिलो दिनको खेल सकिदा सम्म ५ विकेट गुमाउदै १३२ रन जोडेको छ । सुरुवात खराब रहेको वेस्टईन्डिजले एक समय ५३ रन जोड्दा ५ विकेट गुमाई सकेको भएता पनि छैटौ विकेटका लागि जोन्सन होल्डर र सेईन डोरिचले ७९ रनको महत्त्वपूर्ण साझेदारी निभाएका छ्न ।

बारम्बार पानीले प्रभावित गरेको अन्तिम टेस्ट खेलको पहिलो दिन मात्र ४६•३ ओभरको खेल भएको थियो ।

श्रीलंकाकालागी कप्तान सुरुङ्गा लकमल र कुसन रजिथाले समान २-२ विकेट निकालेका थिए । अहिले क्रिजमा सेईन डोरिच ६० तथा रोस्थन चेईजले अविजित ११ रन बनाएर खेलिरहेका छ्न ।

दिनेश चन्दिमल बल टेम्परिङ बिबादमा मुछिए पछि श्रीलंका टिमको नेतृत्व सुरङ्गा लक्मलले सम्हालिरहेका छ्न ।

पहिलो खेल २२६ रनले जितेको वेस्टईन्डिज दोस्रो खेल बराबरी भए सङ्गै सिरिजमा १-० ले अगाडि रहेको छ ।