Home cricket विश्वकपमा कस्की प्रेमिका कति राम्री ? (भिडियोसहित)

विश्वकपमा कस्की प्रेमिका कति राम्री ? (भिडियोसहित)

१. स्पेनिस युवाका ड्रिम गर्ल

स्पेनिस भर्जनमा आयोजना भएको एक्स फ्याक्टरको सन् २००५ एडिसन जितेपछि इडुमी गार्सिया अल्माग्रो धेरै युवाको नजरमा ग्ल्यामरस युवतीको रुपमा परिन् । एक्सफ्याक्ट्मा जानु भन्दा अगाडि नै उनले स्पेनकै राम्रो पप गायिकाको रुपमा आफ्नो फेम कमाइसकेकी थिइन् ।

ग्ल्यामरको दुनियाँमा पहिचान बनाउदै गएकी गार्सियालाई स्पेन गट ट्यालेन्टको जजमा राखेपछि के चाहियो र । सन् २०१० मा स्पेनका गोलकिपर डेभिड डि गिया म्यानचेष्टर युनाईटेड स्थानान्तर हुने तरखरमा थिए । त्यो बेला एउटा सामाजिक सेवाको रुपमा गिती संग्रह निकाल्ने तयारी भएको थियो ।

उक्त तयारीको क्रममा स्पेनकी ट्यालेन्टेड गायिका एवं सेलिब्रेटी गार्सिया र डेभिडको पहिलो भेट भएको थियो । यो समाजिक सेवाको कामले दुबैलाई प्रेमको बन्धनमा बाँध्दै लग्यो । गार्सिया र डेभिडले आफ्नो प्रेमलाई टाढा टाढा फैलाउन छुट्टिको समयमा लामो यात्रामा विताउने गर्छन् । स्पेनिस युवाका ड्रिम गर्ल गार्सिया र स्पेनिश युवतीका हंक ब्वाईकोरुपमा रहेका डेभिडको जोडीले मैदानबाहिर निकै चर्चा पाउने देखिन्छ ।

२. धनी बाउकी छोरी

उपर वाले देता हे तो छप्पर फारके देता हैं भन्ने हिन्दी भाषाको यो कहावत नाईजेरियाका फुटबलर मिखेल जोन ओबीलाईठ्याक्कै मिल्दो छ । जोन ओबीको श्रीमती २९ बर्षिया ओल्गा एलिग्रा रसियाका एक धनाढ्य ब्यापारी डिकचेन्कोकी छोरी हुन् । डिकचेन्को को होला भन्ने तपाईलाई लाग्यो होला ।

डिकचेन्को ईंगलिस प्रिमियर लिग क्लव चेल्सीका मालिक रोमान अब्रामोभिचका बालकै देखिका साथी हुन् । बाल्यकाल देखिको साथीकी छोरीलाई भित्राएकै कारण जोन ओबीलाई अब्रामोभिचले चेल्सीमै राखेका छन् । बरु क्लवको गेम हेर्न लण्डन आईपुगे भने जोन ओबी र ओल्गालाई भेट्न उनीहरुको घरमै पुग्ने गर्छन् ।

ओल्गा र जोन ओबीको तर्फवाट जुम्ल्याहा बच्चा पनि भैसकेको छ । धनी बाउकी छोरी पट्याएकै कारण चेल्सीका सर्वाधिक लामो समय टिक्ने दोस्रो खेलाडी भएका जोन ओबीकी श्रीमतीको चर्चा आफ्नै देशमा हुने विश्वकपमा कसो नहोला । अहिले धेरैको चासो ओल्गालाई हेर्ने पनि रहेको छ ।

३. हृदयकी मलिका

पोचुगिज् फुटबलर क्रिष्टियानो रोनाल्डोको वारेमा कुनै किसिमको समाचार बनाउनु पर्यो र त्यो समाचारमा उनको प्रेमिकाको प्रसंग जोडिदियो भने त्यो समाचार पढ्ने, सुन्ने र हेर्ने दर्शकलाई सुनमा सुगन्ध छरेको जस्तो हुन्थ्यो ।

विश्वकप फुटबलको अन्तिम संघारमा रहेका रोनाल्डोलाई यो विश्वकप फुटबल खेलेर देखाउने बेला रहेको छ । उनको खेल हेर्न चाहने जति छन् त्यत्तिनै उनको ग्ल्यामर र उनको प्रेमीका हेर्ने पनि रहेका छन् ।

लाष्ट वल्र्डकपमा रसियन सुपरमोडल इरिना सायकलाई लगेका रोनाल्डोले यसपटक मोडल जर्जिना रुड्रीयुएजलाई लैजाने भएका छन् । सन् २०१७ देखि डिप लभमा परेका रोनाल्डो र जर्जिनावाट एक छोरी एलेना समेत भैसकेको छ । उता रोनाल्डोले पनि सरोगेट मदर ९भाडाको कोख० मार्फत् तिन सन्तान जन्माइसकेका छन् ।

इरिनासंग खटपट भएकै समयमा इन्टरनेशनल फेसन ब्राण्ड डोल्का एण्ड गाबानाको भिआईपि पार्टीमा जर्जिना रोनाल्डोको फोकसमा परेकी थिईन् । सधै मोडल र ग्ल्यामरस फेम भएकी युवती पच्छाउने रोनाल्डोको नजरमा एक सेल्स गर्ल पर्नु आफैंमा अनौठो मानिएको थियो । तर रोनाल्डोले अहिले जर्जिनालाई ग्ल्यामरस लुक दिएका छन् ।

उनलाई रोनाल्डोले विभिन्न एवार्ड सेरोमनिहरुमा लैजाने गरेका छन् । करोडौं युवतीको धडकन बनेका रोनाल्डो र रोनाल्डोको दिलमा बस्न सक्ने जर्जिना यो विश्वकपमा धेरैको चासो बन्ने छिन् । किनकी लाष्ट वल्र्डकपमा रोनाल्डोले इरिना सायकलाई लगेका थिए भने पहिलो पटक जर्जिनालाई वल्र्डकपमा पहिलो पटक लैजादैछन् ।

थप जानकारीको लागि भिडियो हेर्नुहोस्