Home cricket विराट कोहलीले दारीको बिमा गराए ! लिक भयो यस्तो भिडियो ( भिडियो...

विराट कोहलीले दारीको बिमा गराए ! लिक भयो यस्तो भिडियो ( भिडियो सहित )

भारतीय क्रिकेट टिमका कुनै एक समय थियो जब कपिल देव र सुनील गावस्कर जस्ता दिग्गज कप्तानले विरोधी टिम र आफ्नो खेलमा मात्र ध्यान दिन्थे। त्यसपछि सौरव गांगुली जस्ता कप्तान आए जसले भारतीय खेलाडीलाई विरोधी टिमसँग आँखामा आँखा जुधाएर खेल्न प्रेरित गराए।

यसपछि धोनीको समय आयो। उनले आफ्नो खेलसँगै खेल्ने तरिकामा पनि परिवर्तन ल्याए। आफ्नै स्टाइलमा खेल्दै अलग पहिचान बनाए। समय धेरै अगाडि बढिसकेको छ। अहिले भारतीय टिमको नेतृत्व सबैभन्दा स्टाइलिस खेलाडी विराट कोहलीले गरिरहेका छन्।

विराट आफ्नो ट्याटुदेखि लिएर स्टाइलिसमा सुपर कुल देखिएका छन्। विराट कोहलीले आफ्नो स्टाइलमै विरोधी टीमलाई हराउँदै आएका छन्। कोहली आज लाखौं-करोडौं क्रिकेट फ्यानका स्टाइल आइकनसमेत बनेका छन्। उनले लगाउने कपडादेखि बोल्ने तरिकासम्म फ्यानले फलो गर्ने गरेका छन्। तर उनको सबैभन्दा खास स्टाइल दारी हो।

कप्तान कोहली आफ्नो दारीमा सुपरकुल देखिन्छन्। विराटले जति माया आफ्नो खेललाई गर्छन् त्यतिनै दारीलाई गर्ने गरेका छन्। आइपिएल २०१८ मा सहकर्मी रविन्द्र जडेजाले कोहलीलाई दारी काट्ने सल्लाहलाई उनले सहजै अस्वीकार गरेका थिए।

यसैबीच हालै भारतीय मिडियाले सार्वजनिक गरेको एउटा समाचार अनुसार विराट कोहलीले आफ्नो दारीको बिमा गरेका छन्। टेस्ट ओपनर केएल राहुलले आफ्नो सोशल मिडियामा एउटा भिडियो अपलोड गर्दै विराटले दारीको बिमा गराएको बताएका छन्। राहुलले भिडियोमा विराटले आफ्नो दारीको बिमा गरेको दाबी गरेका छन्। तर यो कतिको साँचो हो हेर्न बाँकी छ। हेर्नुहोस् भिडियो

फेसबुक प्रतिक्रिया