Home cricket लिटिल फ्लावर र विस्डम एकेडमी सेमिफाइनलमा प्रवेश ।

लिटिल फ्लावर र विस्डम एकेडमी सेमिफाइनलमा प्रवेश ।

धनगढीमा जारी डि सि ए ( धनगढी क्रिकेट एकेडेमी ) कप अन्तर्गत अन्तर बिद्यालय क्रिकेट प्रतियोगितामा लिटिल फ्लावर र विस्डम एकेडमी सेमिफाइनलमा पुगेका छ्न ।

मङ्गलबार भएको पहिलो खेलमा लिटिल फ्लावरले शारदा बिद्या निकेतनलाई १४ रनले हराउदै सेमिफाइनलको यात्रा पक्का गरेको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको लिटिल फ्लावरले पुरै २० ओभरमा ८ विकेट गुमाउँदै १४६ रनको योगफल तयार गरेको थियो । लिटिल फ्लावरका लागि भरत शिहले सर्वाधिक ३२ रन बनाएका थिए भने बलिङतर्फ शारदाका सन्देश पार्किले तीन तथा बिरेन्द्र ढुङ्गाल र प्रन्जल बमले समान दुई / दुई बिकेट लिएका थिए ।

१४७ रनको बिजय चुनौती पछ्याएको शारदा पुरै २० ओभरमा नौ विकेट गुमाउदै १३२ रनमा समेटियो । उसका लागि शुवासले सर्वाधिक २३ रन जोडेका थिए । खेलको म्यान ओफ द म्याच समेत भएका लिटिल फ्लावरका बलर अनिल थापा एक्लै ले ४ विकेट लिएका थिए ।

यस्तै मङ्गलवार नै भएको दोस्रो खेलमा विस्डम एकेडेमी ले एक्सिस बिद्याश्रमलाई ६ विकेटले हराएको हो ।

टस जितेर ब्याटिङ गरेको एक्सिस १८ ओभरमा अल आउट हुँदै ७९ रनमा समेटियो । विस्डम एकेडेमिका शुवास बिस्टले ४ विकेट लिदै म्यान ओफ द म्याच समेत भए । ८० रनको झिनो लक्ष्य पछ्याएको विस्डमले १३ औ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य भेट्यायो ।

जित सङ्गै लिटिल फ्लावर र विस्डम एकेडमी सेमिफाइनलमा प्रवेश गरेका छ्न ।