Home cricket मोन्टेरियल टाईगर्सको लगातार दोस्रो हार , सन्दिप लामिछानेले लिए १ विकेट ।

मोन्टेरियल टाईगर्सको लगातार दोस्रो हार , सन्दिप लामिछानेले लिए १ विकेट ।

ग्लोबल टि-२० क्यानडा लिग अन्तर्गत आज बिहान सम्पन्न खेलमा मोण्टेरियल टाईगर्सले लगातार दोस्रो हार बेहोरेको छ । विन्डिज क्रिकेट बि टिमले मोण्टेरियल टाईगर्सलाई २ विकेटले पराजित गरेको हो ।

किङ्ग सिटिको म्यापल लिग मैदानमा मोण्टेरियल टाईगर्सले दिएको १८४ रनको लक्ष्य विन्डिज क्रिकेट बि टिमले १९•१ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य भेट्याएको थियो ।

मोन्टेरियल टाईगर्सले दिएको १८४ रनको बिजय लक्ष्य पछ्याएको विन्डिज क्रिकेट बि टिमले निकोलस पोरन को ५८ तथा ब्र्यान्डन किङ्गको ५६ रनको मद्दतले १९•१ ओभरमा ८ विकेट गुमाउँदै १८७ रन जोडेर २ विकेटको जित निकालेको थियो ।

बलिङतर्फ मोण्टेरियल टाईगर्सका पेटर सिड्ले र कप्तान लासिथ मलिङ्गाले समान २-२ विकेट लिएका थिए भने सुनिल नारायण र जर्ज वर्करले पनि १-१ विकेट हात पारेका थिए ।

यस्तै नेपाल बाट पहिलो पटक ग्लोबल क्यानडा लिग खेलेका सन्दिप लामिछानेले १ विकेट लिएका छ्न त्यस्तै सन्दिप लामिछानेले यस अघि अफ्नो टिम मोन्टेरियल टाईगर्सकोलागि पनि ब्याटिङ तर्फ १ बलमा १ महत्त्वपूर्ण रन जोडेका थिए ।

ग्लोबल टि-२० क्यानडा लिग अन्तर्गत मोन्टेरियल टाईगर्सको तेस्रो खेल अगामी मङ्गलवार बिहान २ बजे भ्यानकौभर नाईट्स सङ्ग हुदैछ ।