Home cricket भारत विरुद्दको डेब्यु टेष्टका लागि अफगानिस्तान तयारीमा

भारत विरुद्दको डेब्यु टेष्टका लागि अफगानिस्तान तयारीमा

भारत विरुद्धको खेल संगै टेस्ट क्रिकेटमा डेब्यु गर्न लागेको अफगानिस्तानले आफ्नो अन्तिम तयारी सुरु गरेको छ ।

अफगानिस्तान र भारत बीचको पहिलो टेस्ट आगामी विहिबार बैङलोरमा सुरु हुदैछ । यो खेल अफगानिस्तानका लागि ऐतिहासिक हुनेछ । अफगानिस्तान र आयरल्यान्डले गत वर्षको जुनमा अन्तराष्ट्रिय क्रिकेट परिषद बाट पुर्ण सदस्यको मान्यता पाएका थिए । यी दुइको आगमन संगै टेस्ट मान्यता प्राप्त राष्ट्रको संख्या १२ पुगेको छ ।

स्गर स्तानिकजाइको नेतृतवमा रहेको अफगान टिममा विश्व स्तरिय स्पिनर रासिद खान, मुजिब उर रहमान छन । रासिदले भर्खरै सम्पन्न इन्डियन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै सवैको प्रसंसा पाएका थिए । भारतीय क्रिकेट टिमका करुण नायरले , टेस्ट क्रिकेट रासिदका लागि फरक हुने बताए । किनकी रासिद संग लामो फरम्याटको क्रिकेट खेलेको अनुभव छैन् ।

विगत लामो समय देखी अफगानिस्तानले क्रिकेट खेलिरहेको भएपनि २०११ म मात्र एकदिवशीय मान्यता पाएको थियो । नेपाल भन्दा पछि अन्तराष्ट्रिय क्रिकेटमा पाइला टेकेको अफगानिस्तानले छोटो समयमानै यसति ठुलो सफलता हात पारेको छ । अझै पनि युद्धको मार खेपिरहेको अफगानिस्तानले २०१५ मा एक्दिवशीय विश्वकप खेलेको थियो । उसले ट्वान्टी ट्वान्टी विश्वकपमा पनि सहभागिता जनाइसकेको छ