Home cricket भारत र अफगानिस्तान बिचको ऐतिहासिक टेस्ट, अन्तिम सत्र अफगानिस्तान को पक्षमा ।

भारत र अफगानिस्तान बिचको ऐतिहासिक टेस्ट, अन्तिम सत्र अफगानिस्तान को पक्षमा ।

भारतको ब्याङ्ग्लौरमा चलिरहेको भारत र अफगानिस्तान बिचको एक मात्र ऐतिहासिक टेस्ट क्रिकेट खेलमा पहिलो दिनको खेल सकिएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको भारतले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाउदै ७८ ओभरमा ३४७ रन बनाएको छ । भारतका तर्फबाट शिखर धवनले बिस्पोटक ब्याटिङ गर्दै मात्र ९६ बलमा १०७ रन बनाए भने मुरली बिजयले पनि १०५ रन जोडदै सतकिय पारी खेले भने केएल राहुलले 54 र चेतेश्‍वर पुजाराले 35 रन जोडेका थिए । अहिले क्रिजमा हार्दिक पाण्डे १० तथा रबि चन्द्र आस्विन ७ रन बनाएर अबिजित रहेका छ्न ।

एक समय भारत २८०/१ विकेट को अवस्थामा भए पनि पहिलो दिनको अन्तिम सत्रमा अफगानिस्तान फेरि खेलमा फर्केको थियो र उसले पहिलो दिनको समाप्तिसम्म भारतलाई ३४७/६ को अवस्थामा ल्याएको छ ।