Home cricket भारत बिरुद्दको ऐतिहासिक टेस्टमा अफगानिस्तानलाई सुरुवाति झट्का ।

भारत बिरुद्दको ऐतिहासिक टेस्टमा अफगानिस्तानलाई सुरुवाति झट्का ।

बेङ्गलौर को चेन्नेई स्वामी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडिएममा चलिरहेको भारत र अफगानिस्तान बिचको टेस्ट खेलमा अफगानिस्तानलाई सुरुवाती झड्का लागेको छ ।

खेलको दोस्रो दिन ३४७ मा ६ को अवस्था बाट खेल सुरु गरेको भारतले अलआउट हुँदै ४७४ रन बनाएको थियो ।आज भारतले थप १२७ रन जोड्दा उसका बाकी ४ विकेट गुमाएको थियो । भारतका लागि आज हार्दिक पाण्डेले सर्वाधिक ७१ रन बनाउन बाहेको अरुले उल्लेख्य रन जोड्न सकेनन ।

आजै आफ्नो पहिलो पारी सुरु गरेको पाहुना टोलि अफगानिस्तानलाई भने सुरुवाती झट्का लागेको छ । उसका ३९ रनमा ४ महत्त्वपूर्ण विकेट गैइसकेका छ्न ।

अफगानिस्तानका लागि महम्मद सहजाद र रमत शाहले समान १४-१४ रन जोड्न बाहेको अरुले दोहरो अङ्क को स्कोर समेत छुन सकेनन ।

भारतकालागी ईशान्त शर्माले २ तथा उमेश यादवले १ विकेट लिएका छ्न ।अफगानिस्तान अझै ४३५ रनले पछाडी रहेको छ ।