भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आज भारतिय क्रिकेट खेलाडीहरुका लागि महत्त्वपूर्ण निर्णय गरेको छ ।
अब कुनै पनि फर्म्याटको राष्ट्रिय टिममा स्थान बनाउन को लागि फिटनेस टेस्ट पास अनिवार्य गरिदिएको छ ।
बीसीसीआई का पदाधिकारी र (सीओए) का प्रमुख अघिकारीहरु सम्मीलित बैठकमा खेलाडी छनोटको लागि महत्त्वपूर्ण निर्णय लिईएको जनाईएको छ ।
अब देखि कुनै पनि राष्ट्रिय टोलि सम्मीलित प्रतियोगिताका लागि खेलाडी छनोट गर्दा उनिहरुको फिटनेस परिक्षण अनिवार्य गरिएको बीसीसीआई का मुख्य कार्यकारी अधिकारी राहुल जौहरीले बताएका छ्न ।
हालै ब्याङ्लौर को एनसीए स्टेडियममा खेलाडी हरुको फिटनेस परिक्षण गर्दा राम्रो केही समय अघि राम्रो फर्म देखिएका खेलाडीहरु समेत असफल भएका थिए ।
आईपिएल २०१८ मा रोयल च्यालेन्जर्स ब्याङलौर का विकेटकिपर ब्याट्सम्यान सन्जु सैमसन र अन्बाती राईडुले सम्झनलायक पारी खेले पनि ब्याङ्लौरमा सम्पन्न फिटनेस परिक्षणमा असफल भएका थिए ।
परिक्षणमा असफल भए पछि उनिहरु ईङ्गल्याण्ड सङ्ग हुनलागेको सिरिजका लागि टिममा पर्न सकेका थिएनन् ।