Home cricket भारतविरुद्दको डेब्यु टेष्टमा अफगानिस्तान फलोअनमा

भारतविरुद्दको डेब्यु टेष्टमा अफगानिस्तान फलोअनमा

भारत विरुद्ध डेब्यु गरेको अफगानिस्तान पहिलो टेष्टमा नै फओ अनमा परेको छ । भारतको बैङलोरमा जारी खेलमा अफगानिस्तान पहिलो पारीमा मात्र १०९ रनमा अलआउट भयो ।

पहिले ब्याटिङ गरेको भारतले पहिलो पारीमा मुरली विजय र शिखर धवनको सतकमा चार सय ७४ रन बनाएको थियो ।

 

शिखरले १०७ रन बनाए भने मुरलीले १०५ रनको योगदान गरे । यस्तै हार्दिक पाण्ड्याले ७१ र लोकेश राहुलले ५४ रनको योगदान गरे ।

जवाफमा अफगानिस्तान पहिलो पारीमा २०ओभर ५ बलमा मात्र एक सय ९ रनमा अलआउट भयो । उसका कुनैपनि खेलाडीले राम्रो खेल्न सकेनन् ।

अफगानिस्तानको खेलाडीले बनाएको उच्च स्कोर २४ रन हो । त्यो पनि मोहम्मद नावीले बनाएका थिए । त्यसपछि माहम्मद सहजाद र राहमत शाहले समान १४–१४ रन बनाए ।

फलोअनमा परेपछि अफगानिस्तानले दोस्रो पारीको सुरुवात गरेको छ ।