Home cricket बसन्तले दिलाए नेपाललाई ठूलो सफलता

बसन्तले दिलाए नेपाललाई ठूलो सफलता

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत १३९ रनको चुनौति पछ्याउदै ब्याटिङ गरेको ओमनको तेस्रो विकेट झरेको छ । नेपालका लागि बसन्त रेग्मीले विकेट लिएका हुन् ।

बसन्तले अकिब इल्यासलाई ४६ रनमा आउट गराएका हुन् । त्यस्तै, सन्दीप लामिछानेले दोस्रो विकेटको रुपमा ओमनका जतिन्दर सिंहलाई आउट गराएका थिए ।

यसअघि सोमपाल कामीले नेपाललाई पहिलो विकेट दिलाएका थिए ।

सोमपालले स्वाप्निललाई १ रनमा एलबीडब्लु आउट गराएका हुन् । यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ४६ ओभरमा सबै विकेटको क्षतिमा १३९ रन बनाएको थियो ।