Home cricket बल छेड़छाड़को विवादमा श्रिलंका क्रिकेट टिम , लगाईयो ५ रनको जरिवाना ।

बल छेड़छाड़को विवादमा श्रिलंका क्रिकेट टिम , लगाईयो ५ रनको जरिवाना ।

श्रिलंकाले बलको कन्डिसन सङ्ग सम्बन्धित विबादका बिच वेस्टईन्डिज सङ्गको दोस्रो टेस्ट खेल फेरि सुरु गरेको छ ।

श्रिलंकाद्वारा दोस्रो दिनको अन्तिम सत्रमा प्र्योग गरिएको बलको अवस्था प्रति अम्पायर अलिन डान र ईयान गोल्ड असन्तुस्ट भ​एका थिए । फलस्वरुप उनिहरुले सोहि बलमार्फत खेललाई निरन्तरता दिन नसकिने र नया बलको प्रयोग गर्नु पर्ने बताए पछि असन्तुस्ट श्रिलंका टिम तेस्रो दिनको खेल सुरु हुन करिब २ घण्टा ढिलो गरी मैदान प्रवेस गरेका थिए ।

श्रिलंका क्रिकेट टिमलाई ५ रनको जरिवाना लगाईएको छ भने वेस्टईन्डिजको स्कोरमा ५ पेनाल्टि रन जोडिएको छ ।

म्याच रेफ्रि जवागल श्रीनाथ , श्रिलंका क्रिकेट टिमका कोच चंडिका हथुरासिंघे र टिम म्यानेजर असांका गुरूसिंघा बिचको छलफल र श्रिलंका क्रिकेट वोर्डको सल्लाह पछि खेल पुनः सन्चालन गरिएको थियो ।

अंतरराष्ट्रीय क्रिकेट परिषद (आईसीसी)ले ट्विट गर्दै खेल सन्चालनको समय आफुलाई कारवाई गर्ने अधिकार नभ​एको र कुनै आचार संहिता उल्लंघन भ​एको भ​ए खेल समाप्त भ​ए पछि अनुसन्धान गर्ने सकिने जनाएको छ ।