Home cricket बंगलादेश विरुद्द भारत ६ विकेटले विजयी

बंगलादेश विरुद्द भारत ६ विकेटले विजयी

श्रीलंका, बंगलादेश सम्मिलित त्रिकोणात्मक टी–२०सिरीजको दोस्रो खेलमा भारतले बंगलादेशलाई ६ विकेटले हराएको छ ।

कोलम्बोमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ३९रन बनायो । उसका लागि लिटोन दाशले ३४ तथा सब्बिर रहमानले ३० रन बनाए । यस्तै मुस्फिकुर रहमानले १८ र तमित इक्वालले १५ रनको योगदान गरे ।

जवाफमा भारतले १८ ओभर ४ बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । नियतिम कप्तान विराटकोहली र महेन्द्रसिंह धोनीलाई आराम दिएको भारतको जितमा शिखर धवनले ५५ तथा सुरेश रैनाले २८ रन बनाए ।