Home cricket फेरी चलेन ओपनर जोडी

फेरी चलेन ओपनर जोडी

नेपालको ओपनिङ समस्या यथावत देखिएको छ। डिभिजन दुईका दुबै खेलमा नेपाली ओपनिङ जोडी फेल भएका छन्।

यसपटक नेपालले ज्ञानेन्द्र मल्लसँग दीलिप नाथलाई ओपनिङ जोडीका रुपमा उतारेको थियो।

पहिलो खेलमा दीलिप नाथ आउट हुँदा टुटेको ओपनिङ साझेदारी आज भने ज्ञानेन्द्र मल्ल आउट भएका कारण टुट्यो।

पहिलो खेलमा नामिबियासँग नेपालको ओपनिङ साझेदारी १ रमै टुटेको थियो। आज ओमानसँग भने नेपाली जोडी १० रनमा टुट्यो।

ज्ञानेन्द्र मल्ल ७ रनमा आउट भएपछि कप्तान पारस खड्काले दीलिप नाथलाई अहिले साथ दिइरहेका छन्