Home cricket प्रथम झापा टि-२० राइजिङ कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा आयोजक राइजिङ झापा...

प्रथम झापा टि-२० राइजिङ कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा आयोजक राइजिङ झापा क्रिकेट क्लब र खनार क्रिकेट क्लब भिड्ने ।

राइजिङ झापा क्रिकेट क्लबको आयोजनामा जारी प्रथम झापा टि-२० राइजिङ कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको अन्तिम सेमिफाइनल खेलमा धाइजन क्रिकेट क्लबलाई १८ रनले पराजित गर्दै राइजिङ झापा क्रिकेट क्लब फाइनल मा प्रवेश गरेको हो ।

ट्स हारेर ब्याटिङको निम्तो पाएको आयोजक राइजिङ झापा क्रिकेट क्लबले निर्धारित २० ओभरमा आफ्नो पुरै १० विकेट गुमाएर ११५ रनको योगफल तयार गरेको थियो । आयोजक राइजिङ झापा क्रिकेट क्लबका लागि समीर छेत्रीले सर्वाधिक २२ रन ,प्रनिस बिमलिले १७ रन तथा राजेश शाहा र बिजयले १२ /१२ रनको योगदान दिए ।बलिङ तर्फ धाइजनका बलर रोहित ले ३ , बिजय, अशोक , धिरज ले २ /२/२ र दिपेन ले समान १ विकेट लिए ।

११५ रनको बिजय लक्ष्य पछयाउने कम्रमा धाइजन क्रिकेट क्लबले १८.२ ओभर खेल्दै आफ्नो पुरै १० विकेट गुमाएर ९७ रन मात्रै बनाउन सक्यो । उसको लागि अङकित सुवेदीले १७ बलमा सर्वाधिक ३० रन बनाएका थिए । उनी ले ३ छक्का र २ चौका प्रहार गरे ।यस्तै शिवले १४ तथा रबिनले १३ रनको योगदान दिए । राइजिङका बलर राजु र सेजात आलमले ३/३ तथा दिपक र मिलन कार्कीले २/२ विकेट लिए ।

खेलको मेन अफ दि म्याच राइजिङ झापा क्रिकेट क्लब का सेजात आलम भए ।

जेष्ठ १० गते बाट सुरु भएको प्रथम झापा टि-२० राइजिङ कप क्रिकेट प्रतियोगिताको फाईनल खेल यही जेठ २९ हुनेछ र प्रतियोगिता को बिजेताले ५० हजार रुपैया तथा उपबिजेताले २५ हजार रुपैया प्राप्त गर्नेछ्न ।