Home cricket पाकिस्तान द्वारा स्कटल्याण्डलाई २०५ रनको बिशाल लक्ष्य प्रस्तुत ।

पाकिस्तान द्वारा स्कटल्याण्डलाई २०५ रनको बिशाल लक्ष्य प्रस्तुत ।

एडेन्वर्गमा भैरहेको पाकिस्तान र स्कटल्याण्ड बिचको टि-२० क्रिकेट खेलमा पाकिस्तानले स्कटल्याण्डलाई २०५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै २०४ रनको बिशाल योगफल तयार गरेको हो ।

बिशाल योगफल तयार गर्ने क्रममा पाकिस्तानका लागि कप्तान सर्फराज अहमदले कप्तानी पारी खेल्दै नटआउट ८९ , सोयब मल्लिकले ५३ ,फकर जामनले २१, हुसेन टल्टले १८ , अहमेद सेहजादले १४ तथा असिफ अलिले १ रन बनाएका थिए । बलिङ तर्फ स्कटल्याण्डका अल्स्देयर एभन्सले ३ तथा रेची वेरिङटनले १ विकेट लिएका थिए ।

स्कटल्याण्डले केही बेरमा जवाफी ब्याटिङ थाल्नेछ ।
अस्ति मात्रै स्कटल्याण्डले एकदिवसीय क्रिकेटको शिर्ष स्थानमा रहेको ईङल्याण्डलाइ हरएको थियो ।