Home cricket पाकिस्तानसङ्गको पहिलो टि-२० खेलमा स्कटल्याण्ड ४८ रनले पराजित ।

पाकिस्तानसङ्गको पहिलो टि-२० खेलमा स्कटल्याण्ड ४८ रनले पराजित ।

एडेन्वर्गमा भएको टि-२० खेलमा स्कटल्याण्ड पाकिस्तान सङ्ग रनले पराजित भएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले दिएको २०५ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड पुरै २० ओभरमा ६ विकेट गुमाउदै १५६ रनमा समेटिएको हो ।

पाकिस्तानका लागि हसन अलि र सहवाब खानले समान २ तथा महम्मद नवाज र महम्मद अमीरले १-१ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै २०४ रनको बिशाल योगफल तयार गरेको थियो ।

बिशाल योगफल तयार गर्ने क्रममा पाकिस्तानका लागि कप्तान सर्फराज अहमदले कप्तानी पारी खेल्दै नटआउट ८९ , सोयब मल्लिकले ५३ ,फकर जामनले २१, हुसेन टल्टले १८ , अहमेद सेहजादले १४ तथा असिफ अलिले १ रन बनाएका हुन ।

बिस्पोटक ब्याटिङ गरेका पाकिस्तान टिमका कप्तान सर्फराज अहमद म्यान अफ द म्याच भए उनले ४९ बलको सामना गर्दै ३ छक्का र १० चौका को मद्दतले अबिजित ८९ रनको अविस्मरणीय पारी खेलेका थिए ।

अब यी दुई देश बिचको दोस्रो टि-२० खेल अगामि बुधबार हुनेछ ।