आगामी जुलाई २९ मा लर्ड्समा हुने नेपाल, नेदरल्याण्ड्स र एमसीसी सम्मिलित ट्राईसिरिज अन्तर्गत नेपाल र नेदरल्याण्ड्सबीचको खेललाई आइसीसीले अन्तर्राष्ट्रिय मान्यता दिने भएको हो।
एमसीसि टिमको नेतृत्व भने श्रीलंकाका पुर्व क्रिकेटर माहेला जयवर्धनेले सम्हाल्ने भएका छ्न ।
पहिलो पटक वान डे इन्टरनेशनलको मान्यता पाएपछि नेपालको यो पहिलो टी-२० इन्टरनेशनल म्याच हुनेछ।
यसअघि सन् २०१४ मा बंगलादेशमा भएको आइसीसी टी-२० विश्वकप खेलेपछि नेपालले पहिलो पटक टी-२० इन्टरनेशनलको मान्यता पाएको थियो भने नेपाल र नेदरल्यान्डले सन २०१५ मा एक अर्का सङ्ग खेलेका थिए जसमा ४ खेलको टि-२० सिरिज नेदरल्यान्डले ३-१ ले जितेको थियो ।
यसपटक भने वान डे मान्यतापाएपछि नेपालले स्वत टी-२० को मान्यता पनि पाएको हो।