Home cricket नेपाल ओमानसँग ६ विकेटले पराजित

नेपाल ओमानसँग ६ विकेटले पराजित

आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को दोस्रो खेलमा नेपाल ओमानसँग ६ विकेटले पराजित भएको छ। नेपालले दिएको १३९ रनको सामान्य लक्ष्य ओमानले ३५.१ ओभरमा ४ विकेट गुमाएर पुरा गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो।

यता नेपालको भने यो पहिलो हार हो। नेपालले बिहीवार पहिलो खेलमा घरेलु टोली नामिबियामाथि १ विकेटको जित हासिल गरेको थियो भने ओमान क्यानडासँग ८ विकेटले पराजित भएको थियो।

ओमानलाई पहिलो जित दिलाउने क्रममा कलिमुल्लाहले बलिङमा ४ विकेट लिदा अकिव इल्यासले ब्याटिङमा सर्वाधिक ४६ रनको योगदान गरे। यस्तै वैभव वाटेगाओनकरले नटआउट ३७ रनको योगदान गरे।