Home cricket नेपालले भोलि युएइको सामना गर्ने, यस्तो छ नेपालको जितको सुत्र

नेपालले भोलि युएइको सामना गर्ने, यस्तो छ नेपालको जितको सुत्र

डिभिजन दुइ जित्त्दै बिश्वकप छनोट पुग्ने सपना बुन्दै नामिबिया पुगेको नेपाली रास्ट्रिय क्रिकेट टोलिले आफ्नो तेस्रो खेलमा भोलि प्रतियोगिताको दाबेदार मध्यको एक युएइको सामना गर्ने छ । दुइ खेल खेलेको युएइ एक जित, एक हार सहित समुहको दोस्रो स्थानमा रहेको छ । यस्तै समान खेल खेलेको नेपाल रन रेट को आधारमा तेस्रो स्थानमा रेहेको छ ।

१) ओपनर को राम्रो सुरूवात: बिगत लामो समय देखिको नेपाली क्रिकेटको मुख्य समस्या ब्यटिंगमा रहेको छ, ब्यटिंग भित्र पनि राम्रो  ओपनर को अभबमा नेपालले राम्रो सुरुवात दिन सकेको छैन । यस प्रतियोगितामा पनि ओपनिंग ब्याट्सम्यानको समस्या पुन दोहोरिएको छ । पहिलो खेलमा ० रनको साझेदारी भएको अवस्थामा नेपालले ओपनर दिलिप नाथ गुमाएको थियो भने दोस्रो खेलमा पनि मात्र दुइ रनको अवस्थामा नेपालले ज्ञानेन्द्र मल्ललाइ गुमाउन पुग्यो । अबको खेलमा जित निकाल्न नेपाली टोलीले ओपनिंगमा केहि बलियो सझेदारी बनाउनु जरुरि देखिन्छ ।

२) डट बल कम गर्ने: नेपालको ब्यटिंगमा मुख्य समस्या भनेको नै ब्याट्सम्यानहरुले बडी डट बल खेल्नु हो । ओमान बिरुद् खेलमा नेपाली ब्याट्सम्यानहरुले आफुले खेलेका २७६ बल मध्य २०६ बल डट (०) खेले । यो कारण हिजोको खेलमा नेपाली टोलि सुरुबाटै दबाबमा परेको थियो । १,२ रन निकालेर खेलमा अन्त्य सम्म जमेर खेल्ने बानी नेपाली ब्याट्सम्यानहरुमा लामो समय अगी देखि नै  समस्या देखिएता पनि अझै पनि त्यो समस्या हल हुन सकेको छैन । अबको बाकी खेल जित्न यो कुरामा ध्यान पुर्याउन जरुरि छ ।

३) ठुला सट खेल्ने प्रयास गर्नु: क्रिकेटमा रन बनाउनका लागि ठुला ठुला सट खेल्नु पर्ने हुन्छ, जुन नेपाली खेलाडीहारुले खेल्न सकीरहेको देखीदैन ।  हिजोको खेलमा नेपालले १४ चौका प्रहार गर्यो भने कुनै पनि छक्का प्रहार भयन । हाम्रा नेपाली ब्याट्सम्यानहरु क्रिजमा लामो समय टिके पनि ठुला ठुला शटहरु खेल्न सकिरहेका छैनन । ५० ओबरको खेलमा कमसेकम पनि दुइ तिन ओबरमा एक दुइ बाउन्त्री   प्रहार गरेर खेल्नु पर्ने हुन्छन तर नेपाली ब्याट्सम्यानहरु मानसिक रुपमै त्यो अवस्थामा नदेखिएको कारण हामी लगातार खेलहरु हारी रहेका छौ । अबको खेलमा नेपाली टोलि सकारात्मक तरिकाले खेल्न जरुरी छ /

युएइ बिरुदको खेलमा नेपालले यति कुरामा मेहनत गर्ने हो भने नेपालले युएइलाइ सहजै हराउन सक्ने छ ।