Home cricket नेपालले दोस्रो विकेट गुमायो

नेपालले दोस्रो विकेट गुमायो

अोमान विरुद्व नेपालले अर्का अोपनर दीलिप नाथलार्इ १९ रनमा गुमाएकाे छ। १५अौं अोभरको अन्तिम बलमा फहिज भटले दीलिपको विकेट लिएका हुन्। नेपालले १५ अोभरकाे समाप्तीमा २ विकेट गुमाएर ३८ रन बनाएको छ।

भर्खरै अारिफ सेख क्रिजमा अाएका छन्। त्यसअघि उपकप्तान ज्ञानेन्द्र मल्लका रुपमा नेपालले पहिलो विकेट गुमाएको थियो। टिमको स्कोर १० रनको हुँदा ज्ञानेन्द्रलाई काले मुल्लाहले विकेट किपर सुल्तान अहमदको हातबाट क्याच गराएका थिए।

१७ बलको सामना गरेका उनले १ चौका सहित ७ जोडेर आउट भएका हुन्।