Home cricket नेपाललार्इ अर्को ठूलो झट्का

नेपाललार्इ अर्को ठूलो झट्का

विश्व क्रिकेट लिग अन्तर्गत अोमान विरुद्व खेलिरहेकाे नेपालले सात विकेट गुमाएको छ।

शरद भेषावकर २२ रनमा अाउट भएका हुन्। उनलार्इ बिलाल खानले जिसन मक्सुदको हातबाट क्याच गराएका थिए।

जारी खेलमा ४० अोभरको समाप्तिमा ७ विकेट गुमाएको नेपालले ११९ रन बनाएको छ। क्रिजमा रोहितकुमार पौडेल ११ तथा सोमपाल कामी ५ रन बनाएर खेलिरहेका छन्।

नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो।

यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल अायोजक नामिबिया विरुद्व एक विकेटले विजयी भएकाे थियाे।