Home cricket नेपाललाई सातौ सफलता, बसन्तले लिए २ विकेट

नेपाललाई सातौ सफलता, बसन्तले लिए २ विकेट

आईसीसी विश्वकप छनोट अन्तर्गत समुहको अन्तिम खेलमा नेपाल विरुद्धको खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेको छ ।

आजको खेल दुबै टिमका लागि निकै महत्वपुर्ण रहेको छ । नेपालले आजको खेलमा अफगानिस्तान विरुद्दको टिमलाई नै मैदानमा उतारेको छ । जसमा नेपालले हङकङको २६ रन हुँदा पहिलो विकेट लिन सफल भयो । नेपालका लागि बसन्त रेग्मीले पहिलो सफलता दिलाए । हङकङका क्रिस्टोफर कार्टर ९ रनमा आउट भए ।

त्यसपछि हङकङको स्कोर ५३ रन हुदा उसका कप्तान बाबर हायातलाई २० रनमा सोमपाल कामीले पेभेलियन फर्काए । लगत्तै नेपालले हङकङको तेस्रो विकेट लियो । सन्दिपले हङकङका अन्सुमान राथलाई मात्र १ रनमा पेभेलियन फर्किएपछि नेपालले ५६ रनमा तीन विकेट लियो ।

त्यसपछी हङकङको स्कोर ५८ रन हुदा नेपालले चौथो सफलता हात पार्यो । साहिद वासिफ १ रनमा आउट भए । त्यसपछि हङकङको स्कोर ८५ रन हुदा नेपालले पाँचौ विकेट लिन सफल भयो ।

हङकङको स्कोर १०६ रन हुँदा नेपालले छैटौ विकेट लियो । त्यसको लगत्तै नेपालले हङकङको स्कोर १०८ रन हुँदा सात विकेट लियो ।