Home cricket दोस्रो टेस्टमा श्रिलंका क्रिकेट टिमको खराब प्रदर्शन ।

दोस्रो टेस्टमा श्रिलंका क्रिकेट टिमको खराब प्रदर्शन ।

वेस्ट्वेन्डिज सङ्गको तिन टेस्ट सिरिजमा पहिलो खेल २२६ रनले हारेको श्रिलंकाले दोस्रो टेस्टमा समेत खराब प्रदर्शन गरेको छ । मुख्य खेलाडी हरु विभिन्न कारणले टिमबाट बाहिर रहेका कारण श्रिलंकाको क्रिकेट टिमको प्रदर्शन खराब रहेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको श्रिलंका पहिलो दिनमै अलआउट भएको छ । अलआउट हुँदै श्रिलंकाले कप्तान दिनेश चन्दिमलको अबिजित ११९ रनको मद्दतले ७९ ओभरमा २५३ रन बनाउन सक्यो । कप्तान चन्दिमलको ११९, कुशल मन्डिजको ४५ तथा कुसल परेराको ३२ रन बाहेक अरु खेलाडीहरुको योगदान सम्मानजनक रहेन ।

बलिङतर्फ वेस्टईन्दिजका स्यानन ग्याब्रेलले सर्वाधिक ५ तथा केमर रोचले ४ विकेट लिएका थिए ।

आजै आफ्नो पहिलो पारी सुरुवात गरेको वेस्टईन्दिज बिना विकेट २ रन बनाएर खेली राखेको छ अझै वेस्टईन्दिज २५१ रनले पछाडी परेको छ ।