Home cricket दुई दिनमै सकियो अफगानिस्तानको डेब्यु टेस्ट म्याच , भारत सङ्ग एक पारी...

दुई दिनमै सकियो अफगानिस्तानको डेब्यु टेस्ट म्याच , भारत सङ्ग एक पारी २६२ रनको हार ।

बेङ्लौरको चेन्नेईस्वामि अन्तराष्ट्रिय क्रिकेट मैदानमा भारतले टेस्टमा डेब्यु गरिराखेकोआफगानिस्तानलाई बिशाल अन्तरले हराएको छ ।

खेल सुरु भ​एको दोस्रो दिनमा नै समपन्न खेलमा भारतले अफगानिस्तानलाई एक पारी सहित २६२ रनले हराएको हो । टेस्ट क्रिकेट इतिहासमा भारतले पहिलो पटक केवल दुई दिनमै खेल जितेको यो पहिलो पटक हो ।

पहिलो पारीमा १०९ रनमा समेटिए पछि भारतले दिएको ३६५ रनको फलोअन पछ्याएको अफ्गानिस्तान आफ्नो दोस्रो पारीमा पनि केवल १०३ रनमा समेटिएको थियो । दोस्रो पारीमा अफगानिस्तानको तर्फबाट हाश्मतउल्ला ले अबिजित ३६ रनको पारी खेलेपनि उनलाई कुनै पनि ब्याट्सम्यानले साथ दिन सकेनन ।अफगानिस्तानको तर्फ बाट दोस्रो पारीमा कप्तान अस्घरले २५ , महम्मद सहजादले १३ तथा रासिद खानले १२ रन बनाए पनि अरु ब्याटस्म्यानले ब्याक्तिगत ५ रन समेत जोड्न सकेनन ।

अफगानिस्तानलाई सस्तैमा समेट्ने क्रममा भारतको तर्फबाट रविन्द्र जडेजाले ९ ओभरमा १७ रन दिदै ४ मह्त्वपुर्ण विकेट लिएका थिए त्यस्तै उमेश यादवले ३ तथा ईशान्त शर्माले २ र रबिचन्द्र अस्विनले १ विकेट लिएका थिए ।

यस अघि भारतले दिएको ४७५ रन पछ्याएको अफगानिस्तानको पहिलो पारी पनि २८ औ ओभरमा मात्र १०९ रनमा समेटिएको थियो ।

भारतको तर्फबाट बिस्पोटक ब्याटिङ गरेका शिखर धवन खेलको म्यान ओफ द म्याच भ​एका छन उनले मात्र ९६ बलमा १९ चौका र ३ छक्का सहित १०७ रन जोडेका थिए ।