श्रीलंका क्रिकेट टीमका कप्तान दिनेश चन्दिमलले अंतरराष्ट्रीय क्रिकेट काउन्सिल बिरुद्द मुद्दा दायर गरेका छन । वेस्टईन्डिज सङ्ग हालै सम्पन्न दोस्रो टेस्टमा उनलाई बल टेम्परिङको आरोपमा दोषि देखाउदै आईसीसीले एक खेलको प्रतिवन्ध सहितको कारवाहिको लागि सिफारिस गरेको थियो ।
कारवाहिको लागि सिफारिस गरे लगत्तै चन्दिमलले अंतरराष्ट्रीय क्रिकेट काउन्सिल (आईसीसी) को निर्णय बिरुद्द अपिल गरेका हुन ।
आईसीसीले आफ्नो आधिकारिक टुईटर सन्देशमा जानकारि दिदै दिनेश चन्दिमलले कारवाहि बिरुद्द अपिल गरेको र उनलाई प्रतिवन्ध लगाईएको तेस्रो टेस्ट खेल खेल्न पाउने समेत जनाईएको छ ।
वेस्टईन्डिज र श्रीलंका बिचको सिरिज अन्तर्गतको तेस्रो खेल अगामि २३ जून देखि ब्रिजटाउनमा हुनेछ । जारि सिरिजमा वेस्टईन्डिज १-० ले अगाडि रहेको छ ।