Home cricket त्रिकोणात्मक टि-२० सिरिजमा पाकिस्तानको विजय सुरुवात ।

त्रिकोणात्मक टि-२० सिरिजमा पाकिस्तानको विजय सुरुवात ।

जिम्बावेमा जारी पाकिस्तान , अस्ट्रेलिया र जिम्बावे बिचको त्रिकोणात्मक टि-२० सिरिजमा पाकिस्तानले बिजय सुरुवात गरेको छ ।

जिम्बावेको हरारे मैदानमा आज सप्पन्न पहिलो खेलमा पाकिस्तानले जिम्बावेलाई ७४ रनले हराउँदै फराकिलो जित निकालेको हो ।

टस हारेर ब्याटिङ गरेको पाहुना टोलि पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८२ रन बनाएको थियो । पाकिस्तानलाई उच्च स्कोर तर्फ पुगाउने क्रममा फकर जमनले ६१ रन , असिफ अलिले ४१ रन तथा सोयब मल्लिकले ३७ रनको महत्त्वपूर्ण पारी खेलेका थिए । असिफ अलिले २१ बलमा ४ छक्का र १ चौका सहित ४१ रन जोडेका थिए ।

१८३ रनको चुनौती लक्ष्य पछ्याउँदै मैदान उत्रेको जिम्बावेको सुरुवात भने राम्रो रहेन र कुनै पनि ब्याट्सम्यानले उल्लेखनीय साझेदारी निभाउन सकेनन फलस्वरूप पुरै टिम १७•५ ओभरमा मात्र १०८ रनमा समेटिएको थियो ।

खेलमा पाकिस्तानका असिफ अलि म्यान अफ द म्याच भएका थिए ।

सिरिज अन्तर्गतको दोस्रो खेल भोलि दिउँसो २ बजे पाकिस्तान र अस्ट्रेलिया बिच हुदैछ ।