Home cricket त्रिकोणात्मक टि-२० क्रिकेट श्रिङखलामा आयरल्यान्डको पहिलो जित , स्क्टल्याण्ड ४६ रनले पराजित...

त्रिकोणात्मक टि-२० क्रिकेट श्रिङखलामा आयरल्यान्डको पहिलो जित , स्क्टल्याण्ड ४६ रनले पराजित ।

Sri Lanka's captain Dinesh Chandimal . by Gyanendra Bhatta

आयरल्यान्ड, नेदरल्यान्ड र स्क्टल्याण्ड सम्मीलित टि-२० त्रिकोणात्मक क्रिकेट श्रिङखला अन्तर्गत आज भैराखेको आयरल्यान्ड र स्क्टल्याण्ड बिचको तेस्रो खेलमा आयरल्यान्डले स्क्टल्याण्डलाई ४६ रनले हराएको छ ।

२०६ रनको बिजय लक्ष्य पाएको स्क्टल्याण्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षेतिमा मात्र १५९ रन बनाउन सक्यो । उसका लागि जर्ज मुन्सिले सर्वाधिक ४१ तथा कप्तान केईल कोईट्जरले ३३ रन बनाउन बाहेक अरुको योगदान उल्लेखनीय रहेन । स्क्टल्याण्डलाई सस्तैमा समेट्ने क्रममा आयरल्यान्डका जर्ज डेकरेलले २ विकेट लिएका थिए ।

यस अघि टस जितेर ब्याटिङ रोजेको आयरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०५ रन बनाएको हो ।

आयरल्यान्डका लागि बिशाल योगफल तयार गर्ने क्रममा ओपनिङ ब्याट्सम्यान पाउल सट्रिलीङले मात्र २९ बलमा १० चौका को मद्दतले ५१ तथा एन्ड्रयु बलबृनेइले मात्र ४० बलमा १ छक्का र ११ चौका सहित ७१ रन बनाए भने कप्तान ग्रेइ विल्सनले पनि ३८ बलको सामना गर्दै दुई छक्का र चार चौका को मदतले ५९ रनको योगदान दिएका थिए ।

यस अघि सिरिज अन्तरगत भएका दुबै खेलमा आयरल्यान्ड नेदरल्यान्ड सङ्ग पराजित भएको थियो ।