Home cricket त्रिकोणात्मक क्रिकेट श्रिङखलामा आयरल्यान्डको बिस्पोटक ब्याटिङ ।

त्रिकोणात्मक क्रिकेट श्रिङखलामा आयरल्यान्डको बिस्पोटक ब्याटिङ ।

आयरल्यान्ड, नेदरल्यान्ड र स्क्टल्याण्ड सम्मीलित टि-२० त्रिकोणात्मक क्रिकेट श्रिङखला अन्तर्गत आज भैराखेको आयरल्यान्ड र स्क्टल्याण्ड बिचको तेस्रो खेलमा आयरल्यान्डले स्क्टल्याण्डलाई २०६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको आयरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०५ रन बनाएको हो ।

आयरल्यान्डका लागि बिशाल योगफल तयार गर्ने क्रममा ओपनिङ ब्याट्सम्यान पाउल सट्रिलीङले मात्र २९ बलमा १० चौका को मद्दतले ५१ तथा एन्ड्रयु बलबृनेइले मात्र ४० बलमा १ छक्का र ११ चौका सहित ७१ रन बनाए भने कप्तान ग्रेइ विल्सनले पनि ३८ बलको सामना गर्दै दुई छक्का र चार चौका को मदतले ५९ रनको योगदान दिएका थिए ।

२०६ रनको बिजय लक्ष्य पाएको स्क्टल्याण्डले केहीबेरमा जवाफी ब्याटिङ गर्ने छ ।

यस अघि सिरिज अन्तरगत भएका दुबै खेलमा आयरल्यान्ड नेदरल्यान्ड सङ्ग पराजित भएको थियो भने आजको खेल स्क्टल्याण्डका लागि पहिलो खेल हो ।