Home cricket डेविड वार्नर फर्किए क्रिकेटमा ,अभ्यास खेलमा १८ छ्क्का सहित बनाए १३० रन...

डेविड वार्नर फर्किए क्रिकेटमा ,अभ्यास खेलमा १८ छ्क्का सहित बनाए १३० रन ।

क्रिकेट अस्ट्रेलिया (सिए) द्वारा बल छेड्छाडको विवादमा मुछिए पछि प्रतिबन्ध लगाईएका अस्ट्रेलियाका क्रिकेटर डेविड वार्नर क्रिकेट खेलमा फर्किएका छ्न ।

ब्रिस्बेनको एलन बर्डर ओवल स्टेडियममा अस्ट्रेलियाको एक
नेशनल हाई परफर्मेंस टीम विरुद्ध को टि-२० क्रिकेटको अभ्यास खेलमा १३० रनको पारी खेलेका छ्न ।उनले १३० जोड्ने क्रममा १८ छ्क्का समेत प्रहार गरेको कुरा डेलिमेलले जनाएको छ ।

यहि जून महिनाको अन्त बाट सुरु हुने क्यानडामा हुने ग्लोबल टि-२० क्रिकेट लिगमा वार्नर विन्नीपेग हक्स टिम बाट खेल्ने भएका छ्न । वार्नर सङ्गै ग्लोबल टि-२० क्रिकेट लिगमा बल टेम्परिङ बिवादमा सजाय भोगिरहेका अस्ट्रेलिया टीमका पूर्व कप्तान स्टीव स्मिथ पनि खेल्ने भएका हुन ।

दक्षिण अफ्रीका विरुद्ध तेस्रो टेस्ट खेलको दौरान बललाई छेड़छाड़ गरेको बिषय बाहिर आएको थियोे र फलस्वरूप क्रिकेट अस्ट्रेलिया (सिए)ले आफ्ना ३ जना क्रिकेटरलाई सजाय सुनाएको थियो ।