Home cricket डिसिए कपको उपाधी विज्डम एकेडेमी बेलौरी कंचनपुर लाई ।

डिसिए कपको उपाधी विज्डम एकेडेमी बेलौरी कंचनपुर लाई ।

धनगढीमा समपन्न डिसिए कप अन्तर विध्यालय क्रिकेट प्रतियोगिताको उपाधि विज्डम एकेडेमी बेलौरीले हात पारेको छ ।

आज भएको फाईनल खेलमा ऐश्वर्या विद्या निकेतलाई २५ रनले पराजीत गर्दै विज्डम एकेडेमीले उपाधी कब्जा गरेको हो ।

टस हारेर ब्याटिङ गरेको विज्डम एकेडेमीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय २६ रन बनायो । विज्डमका लागि सन्देश भट्टले ३१ तथा अजय चन्दले २२ रन बनाए । बलिङ तर्फ ऐश्वर्यका लक्ष्मण भन्डारीले ३ र निसान्त पन्तले २ विकेट लिएका थिए ।

१ सय २७ रनको बिजय लक्ष्य पछ्याउदै ऐश्वर्यले विरेन्द्र महराको ४२ तथा सुशील पन्तको २५ रनको मद्दतले १९ औ ओभरमा अलआउट हुँदै मात्र १०१ रन बनाउन सक्यो । ऐश्वर्यलाई सस्तैमा समेट्ने क्रममा विज्डमका प्रतीक भण्डारी र अजय चन्दले ३÷३ विकेट लिएका थिए भने खेलका म्यान अफ द म्याच विज्डमका अजय चन्द भएका थिए।

डिसिए कप अन्तर विध्यालय क्रिकेट प्रतियोगिताकपमा म्यान अफ द सिरिज स्टेपिङ स्टोनका अभिषेक कुवर भए भने वेष्ट व्याट्स म्यान ऐश्वर्य का सुसिल नाथ तथा राईजिङ प्लेयर विज्डमका सुशील पन्त भएका थिए ।