Home cricket चौधरी धनगढी क्रिकेट एकेडेमीको प्रमुख प्रशिक्षक नियुक्त

चौधरी धनगढी क्रिकेट एकेडेमीको प्रमुख प्रशिक्षक नियुक्त

धनगढी प्रिमियर लिग (डिपिएल) को आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए)ले ग्रासरुटबाटै नेपाली क्रिकेटको विकास गर्ने उद्देश्यका साथ नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी दीपेन्द्र चौधरीलाई एकेडेमीको मख्य प्रशिक्षक नियुक्त गरेको छ ।

डिसिएले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै ग्रासरुट लेभलको क्रिकेट विकासमा विशेष ध्यान पु¥याउने उद्देश्यले डिसिएको प्रमुख प्रशिक्षकको रुपमा एसीसीका लेभल थ्री प्रशिक्षक चौधरीलाई नियुक्त गरेको जनाएको छ । क्रिकेटलाई भविष्य बनाउने सपना बोकेका ती खेलाडीहरुको प्रतिभा तिखार्न हामीले यस एकेडेमीमा दीपेन्द्र चौधरीलाई १ वर्षका लागि प्रशिक्षकका रुपमा नियुक्त गरेको हो, विज्ञप्तीमा भनिएको छ ।

एकेडेमी सन् २०१२ मा स्थापना भएको थियो । स्थापना कालदेखि नै एकेडेमीले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताहरु सञ्चालन गर्दै आएको छ । एकेडेमीले गत चैत ३० गते धनगढी प्रिमियर लिग ९डिपिएल–२० को सफल आयोजना गरेको थियो । नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गराउने पुस्ताका खेलाडी रहेका चौधरीले सन् १९९८ मा डेब्यू २०११ मा अन्तिमपटक राष्ट्रिय टोलीबाट खेलेका थिए ।

१३ वर्ष टप अर्डर ब्याट्सम्यानका रुपमा राष्ट्रिय टोलीमा बिताएपछि प्रशिक्षण थालेका उनले एसियाली क्रिकेट परिषद्् ९एसीसी० बाट लेभल थ्री को प्रशिक्षण पनि लिएका छन् । उनले २०१४ मा भएको एसियन गेम्समा दक्षिण कोरिया राष्ट्रिय महिला टोलीको प्रशिक्षक भइ काम गरिसकेका छन् । उनी यू–१६ राष्ट्रिय टोलीका प्रशिक्षक समेत हुन् ।

नेपालले एसिसी ट्रफी खेल्दा र विश्वकप छनोटका क्रममा मुख्य प्रशिक्षक पुबुदु दासानायकेको सहायकका रुपमा उनले भुमिका निर्वाह गरेका थिए । घरेलु ठूला प्रतियोगिताहरुमा समेत विभिन्न टोलीको प्रशिक्षकत्व वहन गरिसकेका छन् । डीपीएलमा उनले विराटनगर किंग्स तथा इपीएलमा चितवन टाइगर्सको प्रशिक्षकको भुमिका निर्वाह गरिसकेका छन् । एकेडेमीमा अहिले ९० जना खेलाडीहरु नियमित प्रशिक्षण लिइरहेका छन् । जसमध्ये २५ जनालाई पूर्ण छात्रवृत्तिमा एकेडेमीले प्रशिक्षणको व्यवस्था मिलाएको छ ।