Home cricket क्रिकेट इतिहासमा अफगानिस्तान टेस्ट डेब्यु गर्दै , बन्नेछ विश्वको १२ औ देश...

क्रिकेट इतिहासमा अफगानिस्तान टेस्ट डेब्यु गर्दै , बन्नेछ विश्वको १२ औ देश ।

अफगानिस्तान यहि जून १४ अर्थात बिहीबारबाट टेस्ट क्रिकेट इतिहासमा पहिलो पटक पदार्पण गर्दै छ ।

उसले भोलि आईसीसीको टेस्ट रेङ्किङमा शिर्ष स्थानमा रहेको भारत सङ्ग चेन्नेई स्वामी क्रिकेट स्टेडियम ब्याङ्लौरमा एक मात्र टेस्ट खेल खेल्ने भएको छ ।

खेल नेपाली समय अनुसार बिहान १० बजे सुरु हुनेछ ।

भारत अजङ्खे रहाणे तथा अफगानिस्तान अस्घर स्ट्यान्जाई को कप्तानिमा मैदानमा उत्रिदै छ्न यस खेलमा अफगानिस्तान जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ भने भारत पनि जित निकाल्दै आफुलाई शिर्ष स्थानमा बरकरार राख्न चाहन्छ । यो सङ्गै अफगानिस्तान टेस्ट खेल्ने १२ औ देश बन्नेछ ।

यस अघि भारत, पाकिस्तान, श्रीलंका, वेस्टइंडीज, इंग्लैंड, न्यूजीलैंड, दक्षिण अफ्रीका, ऑस्ट्रेलिया, बांग्लादेश, जिम्बाब्वे र आयरल्यान्डले टेस्ट खेलिसकेका छ्न ।