Home cricket International Cricket क्रिकेटमा बन्यो नयाँ रेकर्ड , ११ बलमा १ रन जोड्दा ७ विकेट...

क्रिकेटमा बन्यो नयाँ रेकर्ड , ११ बलमा १ रन जोड्दा ७ विकेट आउट ।

क्रिकेटको दुनियाँमा यो पहिलो पटक हो जहाँ एक पछि अर्को रेकर्ड एउटै देशमा बनेको । यस्तै भएको छ ईङ्गल्याण्डमा ।

पुरुष अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सर्वाधिक ४८१ रन बने सङ्गै महिला टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि सर्वाधिक उच्च स्कोरको रेकर्ड पनि बनेको थियो ।

यस्तै ईङ्गल्याण्ड को कैम्ब्रिजशायर पिटरबोरोको क्लब म्याचमा १ रन जोड्दा ७ विकेट गुमाएको रेकर्ड बनेको छ ।

आइतबार राती सम्पन्न खेलमा पिटरबोरोको क्लबले हाई वायकोम्ब क्रिकेट क्लब विरुद्ध अनौठो रेकर्ड बनाएको हो ।

वेबसाइट ईएसपीएनक्रिकईन्फो को अनुसार १८९ रनको विजय लक्ष्य पछ्याईरहेको हाई वायकोम्ब क्रिकेट क्लबलाई जितका लागि ३ रन चाहिएको थियो र उसका अझै ७ विकेट बाकी थिए । जब तिब्र गतिका बलर केरन जोन्सले चार बलमा चार विकेट लिदै मेडन ओभर फाले खेल पुरै बदलिएको थियो ।
खेलको अन्तिम ओभर बलिङ गर्न आएका पिटरबोरो क्लबका स्पिनर डेनयल मलिकले पनि पहिलो बलमा मात्र १ रन दिदै बाकी ३ विकेट लिए पछि हाई वायकोम्ब क्रिकेट क्लबले अविश्वसनीय हार बेहोरेको हो ।

जित सङ्गै पिटरबोरो क्लबले ईङ्गल्यान्ड क्रिकेट वोर्डको क्लब स्तरिय नेसनल च्याम्पियनको उपाधी उचालेको छ ।