Home cricket ओमन सगको हारले छर्लंग परेको नेपालको क्रिकेट

ओमन सगको हारले छर्लंग परेको नेपालको क्रिकेट

डिभीजन दुइको टप दुइमा पर्दै बिश्वकप छनोट खेल्ने आशा बोकेर नामिबिया पुगेको नेपाली टोलीको आशा नामिबिया मै समाप्त हुने स्थिति देखीयको छ । नेपाली खेलाडीहरुले निकै प्रतिक्षा गरेको यस प्रतियोगिता लाइ सोचे जस्तो तयारी नभय तापनि नेपालको यस्तो प्रदर्सनले नेपालले निकै तल्लो स्तरको क्रिकेट खेलेको देखिन्छ ।

ओमनसगको हार नेपालको लागी हार मात्र पनी रहेन, यो हारले सम्पूर्ण खेलाडी तथा क्रिकेटका पण्डित जसले नेपालले ५-१० बर्समा नै बिश्वकप खेल्न सक्छ भन्ने गरेका थिय उनिहरुलाइ साचिकै एकपटक सोच्न बाध्य परेको छ । जुन देशले भर्खर दुइ चार बर्स देखि क्रिकेट खेल्न सुरु गर्यो आज त्यो देश सग नेपाल हारी रहदा पक्कै पनि हाम्रो क्रिकेट खेलाड़ी तथा कोच हरुले गल्ति कहा निर भयो पत्ता लगाउनु पर्ने देखिंछ ।

नेपाली क्रिकेट टिमले इतिहासमा सयदै आफ्नो ब्यटिंगको जोडमा खेल जितेको देखन सकिन्छ । हाम्रो ब्यटिंग यती धेरै नाजुक छ कि पारस, ज्ञानेन्द्र र शरद नचल्दा नेपालले सम्मान जनक स्कोर बनाउनै सक्दैन । क्रिकेट विश्लेषकहरुको कुरा आधार मान्ने हो भने नेपाली ब्यटिंगमा खुलेर खेल्ने सैली अझै बिकाश भयको छैन । नेपाली खेलाड़ीको स्ट्रइक रेट कै कुरा गर्ने हो भने नि टि२० मा समेत १०० पुग्न मुस्किल हुने गरेको यथार्थ हामि माज रहेको छ । नेपाल भित्र खेल्दा समेत नेपाली ब्य्ट्सम्यान हरु खुलेर खेल्न नसकेको बेला बिदेशी पिचमा नेपाली खेलाडीको प्रदर्सन राम्रो होला भन्ने आसा गर्नु बेकार हुन् जान्छ ।

नेपाली खेलाडीको ब्यटिंग कमजोर रहेको नेपालमा हुने घरेलु प्रतियोगिताहरु बाट समेत प्रस्ट बुज्न सकिन्छ, केहि समय अगाडी काठमाडौंमा संम्पन्न एभरेस्ट प्रिमियर लीगमा बनेको रनहरु बाट नेपाली खेलाडीको ब्यतिगको स्तर बुज्न सकिन्छ ।

नेपालले अब बिश्वकप छनोटको बाटो जीवित नै राख्नका लागि आगामी ३ खेल जित्नै पर्ने दबाब रहेको छ ।