Home cricket ऐतिहासिक टेस्टमा अफगानिस्तान १०९ रनमै समेटीयो, भारतलाई ३६५ रनको अग्रता ।

ऐतिहासिक टेस्टमा अफगानिस्तान १०९ रनमै समेटीयो, भारतलाई ३६५ रनको अग्रता ।

भारतको बैङ्लोरको चेन्नेईस्वामि अन्तराष्ट्रीय क्रिकेट मैदानमा चलिराखेको भारत र अफगानिस्तान बिचको एक मात्र ऐतिहासिक टेस्ट क्रिकेट खेलमा आफ्नो पहिलो पारिमा पाहुना टोलि अफगानिस्तान मात्र १०९ रनमा समेटिएको छ ।

१०९ रन जोड्ने क्रममा महोम्मद नवि ले सर्वाधिक २४ रन बनाएका थिए भने त्यस्तै मुजिउर रहमानले १५ , महम्मद सहजाद र रहामत शाहले समान १४-१४ तथा कप्तान अस्घर स्ट्याङ्जाई र हस्मतुल्लाह साहिदिले समान ११-११ रन मात्रै बनाएका थिए ।

बलिङ तर्फ भारतका रविछ्न्द्र आस्विनले ४ , ईशान्त शर्मा र रविन्द्र जडेजाले समान २-२ विकेट लिएका थिए भने उमेश यादवले एक विकेट लिएका थिए ।

यस अघि खेलको दोस्रो दिन ३४७ मा ६ को अवस्था बाट खेल सुरु गरेको भारतले अलआउट हुँदै ४७४ रन बनाएको थियो ।
अफगानिस्तान अझै ३६५ रनले पछाडि परेको छ ।