Home cricket उप-मेयर छात्रा क्रिकेट प्रतियोगिताको उपाधि जनज्योतीलाई

उप-मेयर छात्रा क्रिकेट प्रतियोगिताको उपाधि जनज्योतीलाई

SONY DSC

कोहलपुरमा सम्पन्न प्रथम मावि स्तरीय उपमेयर छात्रा क्रिकेट रनिङ शिल्ड प्रतियोगिता–२०७४ को उपाधी जनज्योती मावि ले उचालेको छ । गत जेठ २६ गतेदेखि कोहलपुर क्रिकेट मैदानमा संचालन गरिएको प्रतियोगिताको फाईनलमा त्रिभुवन मावि कोहलपुर बिरुद्ध रोमान्चक जित निकाल्दै जनज्योतीले शिल्ड उचालेको हो ।

नगरभित्रका १२ टिमले सहभागीता जनाएको प्रतियोगिताको विजेता हुँदै जनज्योतीले नगद रु. २१ हजार सहित शिल्ड प्राप्त गर्यो भने उप–विजेतामै चित्त बुझाएको त्रिमाविले नगद रु। २० हजार ५ सय प्राप्त गर्यो ।

प्रतियोगिताको बिजेता तथा उपविजेता टिमलाई बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश के.सी, कोहलपुर नगरपालिकाका उप–प्रमुख सन्जु कुमारी थारु लगायतले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।

फाईनल खेलमा टस जितेर बहिले ब्याटिङ रोजेको जनज्योतीले निर्धारित १५ ओभरमा ३ विकेट गुमाउँदै १ सय ३० रन जोडेको थियो । टिमलाई ठुलो स्कोरतर्फ डोर्याउने क्रममा समिक्षा वि.क. ले अविजित ६३ रन जोडेकी थिईन । वि.क. प्रतियोगितामा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी समित बनिन् ।

SONY DSC

१ सय ३१ रनको लक्ष्य पछ्याएको त्रिमाविका सुरुवाती खेलाडीहरु सस्तैमा बाहिरिएपछि टिम केही दवावमा देखिएको थियो । यद्यपी बिचका खेलाडीहरुले उत्कृष्ट पारी खेल्दै खेलमा रोमाञ्चकता प्रदान गरेका थिए । त्रिमाविले अन्तीम ओभर खेलीसक्दा १ सय २७ रनमै सिमित भएपछि जनज्योती ४ रनले बिजयी भएको हो ।

प्रतियोगितामा त्रिमाविका खेलाडी त्सृजना पुन मगर उत्कृष्ट घोषित भईन भने त्रिमावीकै निरुता शाही उत्कृष्ट बलर र अलिसा पुन मगरले उत्कृष्ट विकेटकिपरको उपाधी पाईन । त्यसैगरी जनज्योतीकी खेलाडी समिक्षा वि.क ले उत्कृष्ठ ब्याटरको उपाधी प्राप्त गरिन ।

कोहलपुर नगरपालिकाको आयोजना तथा मध्यपश्चिम क्रिकेट क्लबको सह-आयोजनामा यस वर्षदेखि संचालित रनिङ शिल्ड प्रतियोगिता आगामी वर्षदेखि निरन्तर रुपमा संचालन गरिने कोहलपुर नगरपालिकाकी उप-मेयर सन्जुकुमारी चौधरीले बताईन ।