Home cricket ईङ्गल्यान्डद्वारा अस्ट्रेलियालाई ३४३ रनको लक्ष्य प्रस्तुत , अस्ट्रेलियाको राम्रो सुरुवात ।

ईङ्गल्यान्डद्वारा अस्ट्रेलियालाई ३४३ रनको लक्ष्य प्रस्तुत , अस्ट्रेलियाको राम्रो सुरुवात ।

पाँच एकदिवसीय खेलको क्रिकेट सिरिज तथा एक टि-२० खेल खेल्न अस्ट्रेलिया भ्रमणमा रहेको पाहुना टोलि ईङ्गल्यान्डले दोस्रो एकदिवसीय खेलमा अस्ट्रेलियालाई ३४३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सोफिया गार्डेन , कार्डिफमा बारम्बार पानीले प्रभावित पारेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको ईङ्गल्यान्डले जोनसन रोयको १२० को शतकिय पारि तथा कप्तान जोस बुट्लरको अविजित ९१ रनको मद्दतले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै ३४२ रनको बिशाल योगफल तयार गरेको हो ।

बलिङतर्फ अस्ट्रेलियाका झेइ रिचर्डसन , केन रिचर्डसन र एन्ड्रयु टोयले समाइ २-२ विकेट लिएका थिए भने मार्कस स्टोइनिसले १ विकेट लिएका थिए ।

३४३ रनको लक्ष्य पछ्याईरहेको अस्ट्रेलियाले राम्रो सुरुवात गरेको छ । उसले ३ ओभरको खेल सकिदा बिना विकेट २४ रन जोडेको छ अझै उसलाई ४७ ओभरमा ३१९ रनको आवश्यकता छ ।

दुई देश बिच भएको पहिलो एकदिवसीय खेलमा ईङ्गल्यान्ड तीन विकेटले जितेको थियो ।