Home cricket ईङ्गल्याण्ड द्वारा दक्षिण अफ्रिका विरुद्ध को एकदिवसीय सिरिज २-१ ले कब्जा ।

ईङ्गल्याण्ड द्वारा दक्षिण अफ्रिका विरुद्ध को एकदिवसीय सिरिज २-१ ले कब्जा ।

ईङ्गल्याण्डको महिला क्रिकेट टिमले दक्षिण अफ्रिका विरुद्धको तीन एकदिवसीय सिरिज २-१ ले जितेको छ ।

हिजो भएको अन्तिम खेलमा सात विकेट को जित निकाल्दै ईङ्गल्याण्डले सिरिज २-१ ले जितेको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको दक्षिण अफ्रिकाको महिला क्रिकेट टिमले कप्तान डाने भन नेक्रकको ९५ तथा लाउरा वल्भर्टको ६५ रनको मद्दतले ४९•५ ओभरमा अल आउट हुँदै २२८ रन जोडेको थियो ।ब्याटिङ तर्फ उसका चार जनाले खाता समेत खोल्न सकेनन ।

दक्षिण अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा ईङ्गल्याण्डकि के ब्रन्ट्ले सर्वाधिक ३ विकेट लिएकी थिईन ।

२३३ रन पछ्याएको ईङ्गल्याण्डले ४४ ओभरमा मात्र तीन विकेट को क्षेतिमा जित निकालेको थियो । जित निकाल्ने क्रममा ईङ्गल्याण्डका लागि ट्यामी बेउमन्ट्ले १०५ रनको शतकिय पारी खेलेकी थिईन भने कप्तान हेदर नाईटले अविजित ८० रनको योगदान दिएकिथिइन ।

खेलमा ट्यामी बेउमन्ट् प्लेयर ओफ द म्याच घोषित भएकिथिइन ।

यस अघि भएका खेल हरुमा पहिलो खेल दक्षिण अफ्रिकाले जितेको थियो भने दोस्रो खेल ईङ्गल्याण्डले ६९ रनले जितेको थियो ।