Home cricket International Cricket ईङ्गल्याण्डद्वारा सिरिज क्लिन स्विप , अन्तिम खेलमा अस्ट्रेलिया १ विकेटले पराजित ।

ईङ्गल्याण्डद्वारा सिरिज क्लिन स्विप , अन्तिम खेलमा अस्ट्रेलिया १ विकेटले पराजित ।

मोईन अलिको ४ विकेट र जोस बट्लरको अविजित ११० रनको सहयोगले पाँच एकदिवसीय खेलको सिरिज अन्तर्गत आईतवार भएको अन्तिम रोमाञ्चक खेलमा ईङ्गल्याण्डले अस्ट्रेलियालाई १ विकेटले पराजित गरेको छ ।

यो जित सङ्गै पाँच खेल सम्मिलित सिरिज ईङ्गल्याण्डले ५-० ले क्लिन स्विप गरेको हो ।

टस जितेर ब्याटिङ गरेको कङ्गारु टिम मात्र ३५ औ ओभरमा अलआउट हुँदै २०५ रनमा सिमित भएको थियो ।

२०६ रनको विजय लक्ष्य पाएको ईङ्गलिश टिमले जस बट्लरको ११० रनको अविजित पारिको मद्दतले ९ बल शेष छदै ९ विकेट गुमाएर २०८ रन बनाउदै जित दर्ज गरेको थियो ।

खेलमा सानदार प्रदर्शन गरेका बटलर म्यान ओफ द म्याच र म्यान ओफ द प्लेयर समेत घोषणा भएका थिए ।

यस अघि २०५ रन जोड्ने क्रममा कङ्गारुका लागि ट्राविस हेड (56) र आरोन फिंच (22) रन तथा डार्सी शर्टले 47 रन को योगदान दिएका थिए । बलिङतर्फ ईङ्गल्याण्डका मोईन अलि एक्लैले ४ विकेट लिएका थिए ।

२०६ रनको बिजय लक्ष्य पाएको ईङ्गल्याण्डको पनि सुरुवात खराब रहेको थियो । उसले ५० रन जोड्दा आफ्ना महत्त्वपूर्ण ५ विकेट गुमाईसकेको थियो । बटलरले समालेको ईङ्गल्यान्डको पारी अन्तत १ विकेट को जित निकाल्न सफल भएको थियो ।

सिरिजमा लज्जास्पद हार सङ्गै अस्ट्रेलिया अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल को एकदिवसीय वरियतामा ३४ वर्ष यता कै सबैभन्दा तल छैटौं स्थानमा झरेको छ ।

बल टेम्परिङ विबादले तहस नहस भएको अस्ट्रेलिया टिमको पछिल्लो १८ एकदिवसीय खेलमा १६ औ हार हो ।