Home cricket आयरल्याण्ड विरुद्दको खेलमा नेदरल्याण्डस् विजयी

आयरल्याण्ड विरुद्दको खेलमा नेदरल्याण्डस् विजयी

आयरल्याण्ड विरुद्धको टी–२० क्रिकेटमा नेदरल्याण्ड्स ४ विकेटले विजयी भएको छ ।

नेदरल्याण्डस्को रोटेरडमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५८ रन बनायो ।

 

उसका लागि कप्तान विल्सनले ४५ रन बनाए भने पउल स्ट्रलिङले २७ र जेम्स सानोनले ३१ रन थपे । यस्तै विलियम पोटर्सफिल्डले २० रनको योगदान गरे । ५८ रनमा पहिलो विकेट गुमाएको आयरल्याण्डले एक सय पाच रन बनाउदा चार विकेट खेर फालेको थियो ।

जवाफमा नेदरल्याण्ड्सले १९ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । उसका लागि म्याक्स डोवाडले ३९ तथा री भान डेरले ३७ र टोबेस भेसीले २५ रनको योगदान गरे । यस्तै कप्तान पिटर सिलरले २२ रन थपे ।