Home cricket आई सि सि एकदिवशिय रेङ्किङमा बिराट कोहलीको शिर्ष स्थान कायमै ।

आई सि सि एकदिवशिय रेङ्किङमा बिराट कोहलीको शिर्ष स्थान कायमै ।

अस्ट्रेलियासङ्गको एकदिवसिय सिरिज ५-० ले ह्वाइटवास गरेको ईङ्गल्याण्डका जनी बेयरस्टो, जोस बटलर, जेसन रोयलाई एकदिवशिय रेङ्किङमा फाईदा भएको छ भने ईङ्गल्याण्ड भ्रमणमा गएको भारतिय टोलिका कप्तान बिराट कोहलीको आई सि सि एकदिवशिय रेङ्किङमा बिराट कोहलीको शिर्ष स्थान कायमै रहेको छ ।

ब्याट्सम्यान तर्फ ९०९ अङ्क सहित बिराट कोहलि पहिलो स्थानमा यथावत रहेका छन भने बलर तर्फ जसप्रीत बुमराहको शिर्ष स्थान कायमै रहेको छ ।

भारतका शिखर धवन पनि ११ औ स्थान बाट १० औ स्थानमा प्रवेश गर्दै शिर्ष १० भित्र परेका छन ।

आई सि सि विश्वकप २०१९ नजिकिदै गर्दा ईङ्गल्याण्डका खेलाडीलाई भने रेङ्किङमा राम्रो फाईदा भएको छ ।बेयरस्टो चार स्थान उक्लिदै ११ औ स्थानमा पुगेका छन उनले अस्ट्रेलियासङ्गको सिरिजमा ३०० भन्दा बढी रन बनाएका थिए । जोस बोट्लर २ स्थान उक्लिदै १६ औ स्थानमा पुगेका छन भने एलेक्स हेल तथा कप्तान ईयान मोर्गान क्रमशः २२ औ र २४ औ स्थानमा उक्लिएका छन । यसै गरि जेसन २० तथा ट्रेविस हेड १९ औ स्थानमा उक्लिएका छ्न ।

बलिङतर्फ ईङ्गल्यान्डकै स्पिनर आदिल राशिद करियरको सर्वश्रेष्ठ ६७७ रेटिंग अंकका साथ तीन स्थान उक्लिदै आठ औ स्थान र मोईन अली १३ स्थान उक्लिदै १२ औ स्थानमा पुगेका छन ।