Home cricket Breaking news आई पि एल : सट्टेबाजीको नाममा दुई करोड ४० लाख ठगी गर्ने...

आई पि एल : सट्टेबाजीको नाममा दुई करोड ४० लाख ठगी गर्ने पक्राउ ।

इन्डियन प्रिमियर लिग क्रिकेटमा सट्टेबाजीको नाममा दुई करोड ४० लाख ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

शनिबार महानगरीय अपराध महाशाखाको टोलीले ठगी आरोपी अमृत भन्ने नथमल अग्रवाल (नागराज) लाई काठमाडौं पानीपोखरीबाट पक्राउ गरेको हो।
स्थाई घर धनुषा, जनकपुर नगरपालिका(३ भएका ४८ वर्षका अग्रवाल गत हप्ता मात्रै काठमाडौं आएका थिए।

उनी माथी भारतमा भएको आइपिएल क्रिकेटमा सट्टेबाजीमा रकम राख्दा ३ महिनामा तेब्बर हुन्छ र हारेमा रकम फिर्ता हुन्छ भनी प्रलोभन देखाएर दुई करोड चालीस लाख ठगी गरी सम्पर्कविहीन भएको आरोप लागेको प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए।

पक्राउ परेका अग्रवालमाथि थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।नागराजको साथबाट ४ लाख नगद पनि बरामद भएको छ । नागराजलाई ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरी कारबाही गरिने महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए ।

यसअघि महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले नागराजकै समूहका गौरब तिवारीलगायत पाँच जनालाई पक्राउ गरी जुवा ऐन अन्तर्गत मुद्दा चलाएको थियो ।