Home cricket अाक्रमक मुडमा दीलिप नाथ

अाक्रमक मुडमा दीलिप नाथ

नेपाली ओपनर दीलिप नाथ आक्रमक मुडमा देखिएका छन्। ब्याट्सम्यानका लागि कठिन मानिएको नामिबियाको पीचमा उनले सुरुवातमै तीन चौका प्रहार गरिसकेका छन्।

ज्ञानेन्द्र मल्ललाई आउट परेका काले मुल्लाहलाई नवौ ओभरमा दीलिपले लगाचार दुई चौका प्रहार गरेका छन् ।

३२ बलमा १६ रन बनाएर खेलिरहेका दीलिपलाई अर्कातर्फबाट कप्तान पारस खड्काले साथ दिइरहेका छन्।
नामिबिया विरुद्धको पहिलो खेलमा भने दीलिप चलेका थिएनन्।

नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो।