Home cricket अस्ट्रेलियाको लगातार दोस्रो हार , ईङ्गल्यान्ड ३८ रनले विजयी ।

अस्ट्रेलियाको लगातार दोस्रो हार , ईङ्गल्यान्ड ३८ रनले विजयी ।

पाँच एकदिवसीय खेलको क्रिकेट सिरिज तथा एक टि-२० खेल खेल्न अस्ट्रेलिया भ्रमणमा रहेको पाहुना टोलि ईङ्गल्यान्डले दोस्रो एकदिवसीय खेलमा अस्ट्रेलियालाई ३८ रनले पराजित गरेको छ ।

ईङ्गल्याण्डले दिएको ३४३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले राम्रो सुरुवात गरेपनि जित निकाल्न सकेन । अस्ट्रेलियाले ४७•१ ओभरमा सबै विकेट गुमाउँदै मात्र ३०४ रन बनाउन सक्यो । उसको लागि सहुन मार्सले सानदार १३१ रनको पारी खेलेपनी जित भने दिलाउन सकेन । बलिङतर्फ ईङ्गल्यान्डका लिएम पुल्नकेट्ले सर्वाधिक ४ तथा अदिल रसिदले ३ विकेट निकालेका थिए ।

यस अघि सोफिया गार्डेन , कार्डिफमा बारम्बार पानीले प्रभावित पारेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको ईङ्गल्यान्डले जोनसन रोयको १२० को शतकिय पारि तथा कप्तान जोस बुट्लरको अविजित ९१ रनको मद्दतले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै ३४२ रनको बिशाल योगफल तयार गरेको हो । बलिङतर्फ अस्ट्रेलियाका झेइ रिचर्डसन , केन रिचर्डसन र एन्ड्रयु टोयले समाइ २-२ विकेट लिएका थिए भने मार्कस स्टोइनिसले १ विकेट लिएका थिए ।

१२० रनको अविस्मरणीय पारी खेलेका ईङ्गल्यान्डका जोनसन रोय म्यान अफ द म्याच भएका थिए ।

सिरिज अन्तरगत को पहिलो खेल पनि ईङ्गल्यान्ड तीन विकेटले जितेको थियो भने अब तेस्रो एकदिवसीय खेल मङ्गलवार हुने छ ।