Home cricket अस्ट्रेलियाको लगातार चौथो हार , पाँच खेल को एकदिवसीय सिरिज क्लिन स्विपको...

अस्ट्रेलियाको लगातार चौथो हार , पाँच खेल को एकदिवसीय सिरिज क्लिन स्विपको सम्भावना बढ्यो ।

पाँच खेलको एकदिवसीय सिरिज खेल्न ईङ्गल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले लगातार चौथो हार बेहोरेको छ छ ।

हिजो राती सम्पन्न खेलमा ईङ्गल्याण्डले अस्ट्रेलियालाई ६ विकेटले हराएको हो । ईङ्गल्याण्डको जितमा जोनसन रोयको शतक महत्त्वपूर्ण रह्यो ।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले अरुण फिन्च र सहुन मर्सको शतकिय पारिको मद्दतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१० रनको लक्ष्य प्रस्तुत गरेको थियो । अस्ट्रेलियाका लागि अरुण फिन्चले १०० , सहुन मर्सले १०१ तथा ट्राभिस हेडले ६३ रन जोड्नु बाहेक अरुले यादगार पारी खेल्न सकेनन ।

बलिङ तर्फ ईङ्गल्याण्डका डेभिट विलिई ले एकै ओभरमा ३ विकेट लिदै ४ विकेट लिएका थिए भने अदिल रसिद र मार्क वुडले समान २-२ विकेट लिएका थिए ।

३११ रनको बिजय लक्ष्य पछ्याएको ईङ्गल्याण्डले मात्र ४५ औ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य भेट्याएको थियो ।

ईङ्गल्याण्डको लागि जित दिलाउने क्रममा जोनसन रोयको १०१ , जोन्नी ब्यरिस्टोको ७९ र जोस वुट्लरको ५४ रन महत्त्वपूर्ण रह्यो । इङ्गल्याण्डको पारीमा जोनसन रोय र जोन्नी ब्यरिस्टोले पहिलो विकेटको लागि १७४ रनको महत्त्वपूर्ण साझेदारी निभाएका थिए ।

खेलमा जोनसन रोय म्यान अफ द म्याच भएका थिए ।

पछिल्लो जित सङ्गै इङ्गल्याण्डले पाँच खेल को एकदिवसीय सिरिजमा ४-० को अग्रता कायम राख्दै सिरिज क्लिन स्विपको सम्भावना बलियो बनाएको छ ।

अब सिरिज अन्तर्गतको अन्तिम खेल जून २४ मा हुनेछ ।