Home cricket अफगानिस्तानको टेष्टमा डेब्यु खेल, जित हार भन्दापनि एेतिहासिक क्षणमा रमाउँदै अफगानिस्तान

अफगानिस्तानको टेष्टमा डेब्यु खेल, जित हार भन्दापनि एेतिहासिक क्षणमा रमाउँदै अफगानिस्तान

टेष्ट मान्यता पाउने कान्छो टिम मध्येको एक अफगानिस्तानले आजबाट पहिलो अन्तराष्ट्रिय टेष्ट खेल्दैछ । भारत विरुद्धको पहिलो टेष्ट खेल्न लागेको अफगानिस्तानका लागि यो ऐतिहासिक दिन हुनेछ ।

अन्तराष्ट्रिय क्रिकेटमा पाइला टेकेको छोटो समयमा नै टेष्ट राष्ट्र बनेको अफगानिस्तानले क्रिकेटको पावरहाउस भारत विरुद्ध पहिलो खेल खेल्दैछ । डिभिजन ५ मा जर्सिलाई हराएको १० बर्षमा अफगानिस्तानले पहिलो टेष्ट खेल्दैछ ।

यो विचमा उसले एकदिवसिय र टी–२० क्रिकेटमा धरैलाई आश्चार्यमा पारेको थियो । बलिया टिम विरुद्ध आश्चार्यजनक नतिजा निकाल्नु, घर भित्र राम्रो क्रिकेटको बाताबरण नहुदा पनि टेष्ट राष्ट्र बन्नु आफैमा इतिहास नै हो ।

त्यसमा पनि टेष्ट बरियताको पहिलो नम्वरमा रहेको टिम विरुद्ध डेब्यु गर्नु अफगानिस्तानका लागि गर्वका कुरा हो । भारत विरुद्धको टेष्टमा हार ब्यहोरेपनि अफगानिस्तानलाई जितेसरह हुनेछ ।

लिमिटेड ओभरमा १८ खेलमा मात्र ५ खेल हारेको अफगानिस्तान भलै टेष्टमा राम्रो नतिजा ननिकाल्ला तर उसलाई अनुभव बटुल्ने राम्रो मौका हुनेछ । यसै विच भारतले अफगानिस्तान विरुद्ध टस जितेर ब्याटिङ गर्ने भएको छ ।